प्रत्येक बेहुलीलाई एक तोला सुन दिने घोषणा, तर राखियो यस्ता शर्त


 



अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएसंगै भारतको असममा भारतीय जनता पार्टी (भाजपा)ले बेहुलीका लागि नयाँ उपहार ल्याएको छ ।

उसको घोषणाअनुसार असम सरकारको अरुन्धती स्वर्ण योजनाअन्तर्गत सबै वयस्क बेहुलीले एक तोला सुन पाउने भएका हुन् । यो कुरा त्यहाँको सरकारले केही अघि नै घोषणा गरिसकेको थियो । त्यसैले यो योजना आजबाट लागु गरिने भएको छ । तर, यसका लागि बेहुलीका केही सर्त भने आवश्यक छन् ।

यो योजनाबाट फाइदा लिन चाहनेहरुको विवाहमा बेहुलीको उमेर कम्तिमा पनि १८ वर्ष र बेहुलाको उमेर कम्तिमा पनि २१ वर्षको हुनु पर्नेछ । बेहुलीले १० कक्षासम्म पढिसकेको हुनुपर्नेछ ।

बेहुलीको परिवारको आम्दानी वर्षमा पाँच लाख भारतीय रुपैयाँभन्दा कमको हुनुपर्नेछ । त्यसमा पनि बेहुलीको पहिलो विवाह हुनुपर्नेछ शर्त राखिएको छ । एजेन्सी

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्