भारतको राजधानी दिल्लीमा शताब्दीकै चिसो


 


भारतको राजधानी दिल्लीले एक शताब्दी पछि सबैभन्दा चिसो दिनको सामना गरेको छ । सोमबार दिउँसोको वायुको तापक्रम ९.४ डिग्री सेल्सियसमा झरेको बताइएको छ। सन् १९०१ पछिको मंगलबार सार्वधिक चिसो रहेको महशुस गरिएको बताइएको छ ।

यसपछि सन् २०१३ को जनवरी २ मा यस्तै ९.८ डिग्री सेल्सियसको दिनलाई सार्वधिक चिसो भएको दिन बुझिएको थियो ।उत्तरी भारतमा दिनको उच्चतम तापक्रम १० डिग्री सेल्सियस बुझिएको थियो ।
दिल्लीमा २०० रात्रिकालिन पाटी, होटलहरु शरणार्थीहरुले भरिने गरेको बताइएको छ ।

रातमा त्यहाँको मौसम २ डिग्री देखि ३ डिग्री माइनसमा झर्ने गरेको बताइएको छ । चिसो वायुले उत्तर प्रदेश, हरयाणा र पन्जावका भूभागका उत्तरी इलाकाहरुमा जाडो बढेको छ । .

(बीबीसी)

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्