कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, पुस १५
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७३ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन हिजो पनि प्रतितोला ७३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला ९ सय रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्