आज कति छ सुन, चाँदीको मूल्य?


 


काठमाडौं, पुस १४
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थ‍िर छ । आइतबार तोलाको ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुन तोलाको ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।चाँदी तोलाको ८ सय ९० रुपैयाँ कायम गरिएको छ।

प्रकाशित मिति: १४ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्