चर्चमा गोली चल्यो, बन्दुकधारीसहित तीन जनाको मृत्यु


 


अमेरिका, पुस १४
अमेरिकाको टेक्सासस्थित एक चर्चमा प्रार्थना भइरहेको समयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा चर्चमा गोली चलेको हो ।

सामाजिक सञ्जालमा लाइभ समेत भइरहेको प्रार्थनाका क्रममा एक जना बन्दुकधारी उभिएर अन्धाधुन्ध गोली चलाएका हुन् ।टेक्सासको फोर्ट वार्थ नजिकैको ह्वाइट सेटलमेन्टमा रहेको वेस्ट फ्रीवे चर्च अफ क्रिष्टमा सो घटना भएको हो । प्रार्थनाका लागि बेन्चमा बसेका बन्दुधारीले एकाएक उठेर गोली चलाएका हुन् ।

बन्दुकधारीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भयो । चर्चमा आएका अर्का व्यक्तिले आक्रमणकारीमाथि गोली चलाए र आक्रमणकारीको पनि मृत्यु भयो ।आक्रमणको कारण वा उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्