आफ्ना नेता मारिएको बदलामा ११ जनाको घाँटी रेटेर हत्या


 



एजेन्सी
आफ्ना दुई जना नेता मारिएको बदलामा आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ ।

यसै वर्षको अक्टुबरमा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलामा आइएसले उनीहरुको हत्या गरेको जनाएको छ । आईएसले आफ्नो समाचार एजेन्सीमार्फत एक भिडियो सार्वजनिक गर्दै ११ जनाको हत्या गरेको जानकारी दिएको हो ।

उक्त भिडियोमा एक व्यक्तिलाई गोली हानेर ढालिएको छ भने बाँकी १० जनालाई खाल्डोमा खसाएर त्यहीँ घाँटी रेटेर हत्या गरिएको देखिन्छ । आईएसका अनुसार उनीहरुलाई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको थियो ।

अमेरिकी विशेष फौजको कारबाहीमा गत २६ अक्टुबरमा आईएस नेता अल बगदादी मारिएका थिए । यो घटनापछि आईएसले सो घटनाको बदला लिले जनाएको थियो ।

प्रकाशित मिति: १२ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्