काठमाडौंको तापक्रम यो वर्षकै कम : ०.६ डिग्री


 


काठमाडौं – आज काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको कम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकाको तापक्रम शनिबार बिहान ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो ।

उपत्यकामा अहिले हुस्सु र कुहिरो लागेको छ। दिउँसो बिस्तारै हट्दै जाने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिइन् । काठमाडौ उपत्यकासहित धेरैजसो भागमा पहाडी भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश भेगका अहिले बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ ।

सडकमा यातायात सञ्चालनमा समस्या भएको छ भने हवाई उडान पनि प्रभावित भएका छन् । चिसोबाट विषेश गरी वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित हुने भएकाले खानपान र जीवनशैलीमा ध्यानदिन चिकित्सकले सुझाव दिएका छन् ।

प्रकाशित मिति: १२ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्