एक सय यात्रु बोकेको विमान दुर्घटना


 


एजेन्सी, पुस ११
एक सय जना यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना भएको छ। बेक एयरको उक्त विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ। बीबीसीकाअनुसार उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो।

बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । उनीहरुले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् । केहीको जिवितै उद्धार पनि गरिएको छ ।

विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो । विमानस्थलले विमानमा ९५ यात्रु र ५ चालक दलका सदस्य रहेको बताएको छ । विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो । दुर्घटनअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो । दुर्घटनापछि विमानमा आगो भने नलागेको बताइएको छ ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्