देशभर चिसो बढ्दै : आगामी तीन दिनको यस्तो छ मौसम


 


काठमाडौ, पुस ११
देशभर चिसो बढेको छ । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।तराईका मध्य तथा पश्चिमी भूभागहरुमा बाक्लो हुस्सुर कुहिरो लाग्ने मौसमविदले बताएका छन् । राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिएको मौसमविदको भनाई छ ।


चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न र सतर्कता अपनाउन मौसमविदले आग्रह गेका छन् ।काठमाडौँ उपत्यकाको हिजो (बिहीबार) यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको थियो । बिहीबार बिहान काठमाडौँको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको थियो ।

आज (शुक्रबार) बिहान पनि काठमाडौँ उपत्याकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको मौसमविद विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार आजको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेलिस्यससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

पुस ११ गते (शुक्रबार )

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १२ गते (शनिबार)

दिउँसो : देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १३ गते (आइतबार)

दिउँसो : देशभर मौसम सामान्यतया मौसम सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया मौसम सफा रहनेछ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्