‘गेट लस्ट’ भनेर प्रधानमन्त्रीले अपमान गरे : उपेन्द्र यादव


 


काठमाडाैँ, पुस ९
समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेको बताएका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई अपमानजनक शैलीकाे प्रयाेग गरी अपमान गरेको उनले बताए।

समाजवादी पार्टीको मंगलबार बसेकाे संसदीय दल बैठकमा यादवले यस्ताे बताएका हुन्। सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अपमान गरेको उनले बैठकमा ब्रिफिङ गरे।

संशोधनको प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले आक्रोशित हुँदै ‘गेट लस्ट’ भनेर आफूलाई अपमान गरेको यादवले बैठकमा बताएका थिए । सो क्रममा प्रधानमन्त्री र यादवबीच चर्काचर्की नै भएको बताइएको छ । समाजवादी पार्टीकी सांसद रेणु यादवले प्रधानमन्त्रीबाट अपमानित भएको र संविधान संशोधन पनि हुने नदेखिएपछि पार्टीका दुई मन्त्रीले राजीनामा दिएको बताइन् ।

उनका अनुसार उपेन्द्र यादवले संविधान संशोधन नहुने भएपनि सरकारमा बसिरहन नैतिकताले नदिने भएरै राजीनामा दिइएको बताएका थिए । यादवको राजीनामा पत्रमा पनि सरकार दुई बुँदे सहमतिबाट पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएको हुँदा पदबाट राजीनामा दिएको उल्लेख छ ।

प्रकाशित मिति: ९ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्