सुनको मूल्य तोलाको ७२ हजार माथि, कति पुग्यो ? हेर्नुहोस्


 



काठमाडौं, पुस ८
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढ्दै प्रतितालो ७२ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, हिजो ६१ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरि आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्