आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?


 


काठमाडौं – नेपाली बजारमा साताको दोस्रो तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ७१ हजार ९ सय कायम भएको मूल्य नै आज निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य सोमबार ७१ हजार ६ सय निर्धारण गरिएको मुल्य नै आज तोकिएको छ। त्यस्तै चाँदीको ८ सय ६० रुपियाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्