भारतले सार्वजनिक गरेको नक्सा नेकपाद्वारा अस्विकार


 


काठमाडौँ, पुस ७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ।

आइतबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले जारी गरेको नक्सा अमान्य र अस्वीकार गर्ने निर्णय गरेको हो।

बैठकले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको निष्कर्ष निकाल्दै कालापानी, लिम्पिायाधुरा, लिपुलेक र सुस्ता लगायतको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भन्ने कुरा अमेरिकालाई औपचारिक र आधिकारिक रुपमा स्पष्ट पार्न अनुरोध गर्ने निर्णय गरिएको बताए। यो खबर नागरिक दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: ७ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्