नौ किलो लागुऔषध कोकिन बरामद


 


काठमाडौँ, पुस ७
प्रहरीले पाँच दिनको अवधिमा झन्डै २७ करोड रुपैयाँ मूल्य बराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ ।

छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरेको थियो । सोही ठाउँबाट ब्युरोले शनिबार पुनः ६ किलो कोकिन बरामद गरेको छ ।

बरामद कोकिनको अन्तर्राष्ट्रिय बजारमा अवैध मूल्य झन्डै २७ करोड रुपैयाँ पर्छ । प्रहरीका अनुसार उत्पादन अत्यधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा टेकबहादुर थामीले लेखेका छन।

प्रकाशित मिति: ७ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्