जनकपुरमा शंकास्पद वस्तु फेला, प्रहरीकाे कडा सुरक्षा


 


जनकपुरधाम, पुस ७
जनकपुरको शुक्रबारे बजार नजिकै आज विहानै शंकास्पद बस्तु फेला परेको छ ।

शंकास्पद बस्तु कति बेला फेला परेको खुल्न सकेका छैन । तर अहिले प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन् । घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय नजिकै पर्छ । शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवत जावत ठप्प पारेको छ ।

फेला परेको शंकास्पद बस्तु बम रहेको आशंका छ । तर बम नै हो भन्ने पुष्टि हुन सकेका छैन । उक्त शंकास्पद बस्तु पहिचानका लागि नेपाली सेनालाई प्रहरीले खबर गरिसकेको छ ।

सेनाको डिस्पोजल टोली पुगेपछि बम हो वा होइन यकिन गर्ने प्रहरीले जनाएको छ । यसअघि जनकपुरको संकटमोचन मन्दिर नजिकै दुई ठाउँमा र धनुषाधामको एक सामुदायिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको थियो । तर ति बस्तुहरु बम भएको पुष्टि भएन ।

प्रकाशित मिति: ७ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्