शनिबार कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस आजको राशिफल


 


काठमाडौं, पुस ५
आज मिति २०७६ साल पुष महिनाको ५ गते शनिबार , तदअनुसार सन २०१९ डिसेम्बर २१ तारिख, तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मेष–

आँटेको काम समयमा पूूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।

वृष–

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन–पाठनमा प्रगति हुनेछ । काम बिग्रने डरले सताउन सक्छ । साथीभाईका साथमा रमणीय स्थलको भ्रमण हुनेछ।

मिथुन–

अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ । पढाई लेखाईमा सफलता पाउनका लागि ठुलै मेहनत गर्नुपर्ने देखिन्छ।

कर्कट–

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । सरकारी कडिकडाउको सिकार भइनेछ । मानसिक बेचैन उत्पन्न हुनेछ।

सिंह–

विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सहयोगको आशा देखाउनेहरुले झुक्याउने छन।

कन्या–

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। व्यापार व्यवसायबाट राम्रै लाभ उठाउन सकिनेछ।

तुला–

मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ । प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।

वृश्चिक–

गरिदै आएको काममा थप जांगर पलाएर आउने छ, ब्यापार ब्याबसायमा फाइदा नै होला । धार्मिक कार्यमा मन जानेछ।

धनु–

श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ , सावधान रहनु होला । आर्थिक तंगी देखिन सक्नेछ।

मकर–

कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन । सानातिना काममा समय बित्ने दिन रहेका छ । कामको उचित मुल्यांकन पाइने छ।

कुम्भ–

परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।

मीन–

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

प्रकाशित मिति: ५ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्