कस्तो छ आजको मौसम?


 


काठमाडौं, पुस ४
आज पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने र पश्चिमी भूभागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानीपख भने देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । यसैगरी, पश्चिमी भूभागका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

साथै, राति देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडि र हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात र पश्चिमी पहाडि भूभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्