ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पारित, ट्रम्पले भने ‘वाह !’


 


काठमाण्डौ, पुस ३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तल्ला सदनबाट महाअभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदनमा भएको मतदानमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षको बहुमत भएपछि उनीमाथि महाअभियोग लगाउने प्रस्ताव पारित भएको हो ।

ट्रम्पको पक्षमा २३० मत र विपक्षमा १९७ मत खसेको थियो । यसअघि संसदमा बुधबार झण्डै १० घण्टासम्म बहस भएको थियो । बहसको क्रममा डेमोक्रेटिक प्रतिनिधि सुसान डेविसले सदनमा जोडदार भाषण गरेका थिए । तल्लो सदनबाट प्रस्ताव पारित भएपछि अब माथिल्लो सदनमा कारबाही प्रक्रिया अघि बढ्नेछ ।

आउँदो महिना ट्रम्पले संसदमा मुद्दाको सामना गर्नुपर्ने हुनसक्छ तर यहाँ उनको पार्टीको बहुमत छ । यस्तो अवस्थामा ट्रम्प पदबाट हटिहाल्ने अवस्था छैन ।

यसअघि तल्लो सदनकी सभामुख न्यान्सी पोलेसीले डोनाल्ड ट्रम्पको उल्टो गन्ती सुरु भएको बताएकी थिइन् । योसँगै अमेरिकी राष्ट्रपतीय इतिहासमा ट्रम्प महाअभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् । यसअघि एण्ड्रियु जोनसोन र बिल क्लिनटनविरुद्ध पनि महाअभियोग प्रस्ताव लगाइएको थियो ।

किन ललाइयो महाअभियोग ?
एक साता अघि अमेरिकाको गुप्तचर अधिकारीले राष्ट्रपति ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेकोबारे जानकारी दिएका थिए । ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की थिए ।

इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले सूचना दाताको जानकारी ‘ध्यानमा लिन योग्य भएको र विश्वसनीय’ मानेका थिए । यो जानकारीबारे डेमोक्रेट्सले संसदमा माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसबारे जानकारी दिन अस्विकार गरेका थिए ।

ट्रम्प र युक्रेनका राष्ट्रपतिबीच के कुरा भएको थियो भन्नेबारे थाहा भएको छैन तर ट्रम्पले र युक्रेनका राष्ट्रपतिसँग वाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न दबाब दिएको आरोप डेमोक्रेट्सले लगाएको छ ।

ट्रम्पले के भने ?
तल्लो सदनमा महाभियोग प्रस्ताव पारित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकनको भोट नघटेको भन्दै वाहवाही गरे । उनको पक्षमा सदनमा १ सय ९७ मत खसेको छ ।

महाअभियोगको प्रस्ता पारित भएका बेला उनी मिचिगनमा आयोजित एक र्‍यालीलाई सम्बोधन गरिरहेका थिए । ‘त्यसो भए हामीलाई प्रत्येक रिपब्लिकनले भोट दिए । वाह । वाह, वाह । करिब २ सय भोट पुगेछ । हामीले एउटा रिपब्लिकन भोट गुमाएनौं र तीन डेमोक्रेट्सले हाम्रा लागि मतदान गरे ।’

प्रकाशित मिति: ३ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्