केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी थापा


 


काठमाडौं – प्रहरी प्रधान कार्यालयकाे प्रहरी प्रवक्ताको भूमिकामा डीआईजी शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रवक्ता डिआईजी विश्वराज पोखरेलको सरुवा भएपछि डिआईजी थापा प्रवक्ताको भूमिकामा आएका हुन् ।

डिआईजी थापा यसअघि महानगरी प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत थिए । डिआईजी पोखरेल भने रानीपोखरीमा सरुवा भएका छन् ।

प्रकाशित मिति: २ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्