विदेशी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा युवक पक्राउ


 


रसुवा – विदेशी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। रसुवा घुम्न आएकी विदेशी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुनील पौडेल प्रक्राउ परेका हुन्।पक्राउ परेका पौडले कालिका गाउँपालिका–२ कालिकास्थानका निवासी हुन्। पौडेलले बालिकामाथि २८ मंसिरमा करणी गरेको भन्दै उनका आफन्तले प्रहरीमा उजुरी गरेपछि पौडेल पक्राउ परेका हुन्।

प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले पौडेललाई करणी अभियोगमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिए । बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन, बालिकाले दिएको बयान र पक्राउ परेका व्यक्तिसँग लिएको प्रारम्भिक अनुसन्धानले अपराधमा उनको संलग्नता रहेको बलियो आधार पाएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका पौडेल कालिका गाउँपालिकाका अध्यक्ष सीता पौडेल अधिकारीका सहोदर भाइ भएको प्रहरीले जनाएको छ । घटना मिलाउन दबाब आए पनि अनुसन्धान अघि बढाइएको प्रहरीका एक अधिकारीले बताए ।

प्रकाशित मिति: २ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्