सुनचाँदीको मूल्य बढ्यो, कति छ आज ?


 



काठमाडौं, पुस १
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ५० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्