ऋण दिएर सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ


 


काठमाडौं, पुस १
ऋण दिएर सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ रहेका छन्। श्रीमानले छाडेर हिँडेको पीडा र सानी छोरीसँग आफूले हातमुख जोर्ने क्रममा नाम परिवर्तन गीताले उनीहरुसँग ऋण लिएकी थिइन्। सुखद जीवनको सपना बुनेर दाङबाट काठमाडौं आएकी ३० वर्षीया गीतालाई यति बेला समस्यै समस्याले घेरेको छ।

छोरीसहित बालाजु आएकी उनकी उनको अवस्थाबारे रोमराज र लालेजानकार थिए । श्रीमान हुँदा नजिकै उनीहरु बेलाबेला कोठामा आउजाउ पनि गर्थे, त्यसले चिनजान पनि थियो ।हातमुख जोर्न नै समस्या आइपरेपछि अनिताले उनीहरुलाई नै आफ्नो सम्झिइन् ।रोमराजसँग केही हजार ऋण लिएर आफ्नो दुःख टारिन् । तर त्यही ऋण उनका लागि गलपासो बन्यो ।

उनले कमाएर ऋण तिर्न सकिनन् । रोमराजले पैसा मागिरहे । २१ मंसिरमा कोठामा आएका उनले अनौठो प्रस्ताव राखे, शारीरिक सम्बन्ध राख्न दिए पैसा फिर्ता दिनु पर्दैन ।अनिताले केही सोच्न पनि सकेका थिइनन्, रोमराजले आफ्नो यौन तृणा मेटिहाले । रोमराज त्यतिमै रोकिएनन्, फेरि आउँदै जबरजस्ती सम्बन्ध राख्न थाले । रोमराजको पछि लागेर लाले पनि आए र बलपूर्वक यौन सम्बन्ध राखे ।

अनिता श्रीमानबाट पीडित भएको भन्दै शुक्रबार एक गैरसरकारी संस्थाको सम्पर्कमा पुगिन् । काउन्सिलिङका क्रममा उनले आफूमाथि सामूहिक बलात्कार समेत भएको खुलाइन् । त्यही संस्थाको सहयोगमा उनले महानगरीय प्रहरी वृत्त, बालाजुमा उजुरी दिएकी छन् । र, रोमराज र लाले पक्राउ परेका छन् । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर म्याद थप गरी विस्तृत अनुसन्धान थालिने बालाजुका डीएसपी बालनरसिंह राणाले बताए ।

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्