चितवनमा यौन व्यवसाय सञ्चालन गर्ने तीन जना पक्राउ


 


चितवन – चितवनमा यौन व्यवसाय सञ्चालन गर्दै आएका होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

भरतपुरको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर २९ जुगेडी बस्ने ५० वर्षीय जंगबहादुर क्षेत्री, उनकी ३९ वर्षीया श्रीमती निर्मला थापा क्षेत्री र सुनसरी धरान उपमहानगर ८ लेटाङ वस्ने २४ वर्षीया रोशिका राईलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

पछिल्लो समय चितवनमा व्यावसायिक रुपमा यौन व्यवसाय फस्टाउँदै गरेको गुनासोको आधारमा ‘क्लिन चितवन’ अभियान अन्तरगत उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।दुई युवतीलाई होटलको कोठामा बन्धक बनाई विगत लामो समयदेखि यौन व्यवसायमा लगाएको भन्ने सूचनाको अधारमा तीन जनालाई पक्राउ गरिएको हो ।

त्यसैगरी, चितवन प्रहरीले चोरी कार्यमा संलग्न तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका ५ घर भई हाल चितवनको भरतपुर ९ बस्ने १८ वर्षीय महेश यादव, सप्तरी राजविराज ८ घर भई भरतपुर ९ बस्ने २० वर्षीय विवेक यादव र चितवनको भरतपुर ९ बस्ने २० वर्षीय संयोग अधिकारीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट सुन, चाँदी, नगद र महँगा रक्सीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

प्रकाशित मिति: १ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्