सोमबार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल
आज मिति २०७६ साल मङ्सिर महिनाको ३० गते सोमबार, तदअनुसार सन् २०१९ डिसेम्बर १६ तारिख, तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबामा फाईदा पनि हुनसक्छ । दाम्पत्य जीवन सुखद रहने छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार