सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो


 


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा मृतकको संख्या १४ पुगेको छ। ६ किलो मोडमा बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। लामो साँघु जिरी सडकखण्डमा पर्ने सुनकोशी गाउँपालिकाको ६ किलो मोडमा आइतबार बिहान भ्रमणबाट फर्किदै गरेको बस दुर्घटनामा परेको हो।

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो। जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चखेकका प्रमुख सई राजेश दाहालका अनुसार ६ किलोको मोडबाट पल्टिएको बस सडकमै पुगेको थियो।

घटनास्थलमा ११ जनाको शव फेला पारिएको उनले पुष्टि गरे। उनकाअनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन्। उद्धारमा जुट्नु परेकोले संख्या भने यकिन भएको छैन। घाइतेलाई उपचारका लागि खाडीचौरस्थित सिन्धुदाबहार अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको सई दाहालले बताए। उनकाअनसार उक्त बस दोलखाको कालिन्चोक भ्रमण गरेर फर्कर्दै थियो।

प्रकाशित मिति: २९ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्