आठ जिल्लमा मात्रै ६ हजार बढी जग्गा व्यक्तिको नाममा
काठमाडौं, मंसिर २९
पछिल्लो समय व्यक्तिले अतिक्रण गरि सरकारी जग्गा आफ्नो नाममा गरेका विषयहरु सार्वजनिक भइरहेका छन् । देशका आठ जिल्लामा मात्रै चार सय ७० विघा अर्थात् ६ हजार २ सय ५५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएको भेटिएको छ ।
सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले आठ जिल्लाको विवरणसहित सार्वजनिक गरेको प्रतिवेदनमा यो तथ्य सार्वजनिक भएको हो । नयाँ पत्रिकामा खबर छ ।
समितिले उक्त विवरणसहितको प्रतिवेदन शनिबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । आयोगले बाँके, मकवानपुर, कास्की, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ र सुनसरीमा हिनामिना गरिएको सरकारी जग्गाको विवरण तयार गरेको हो ।
आयोगको प्रतिवेदन अनुसार सबैभन्दै धेरै सुनसरीको सर्दु जलाधार क्षेत्रको दुई सय ५० विघा जग्गा व्यक्तिको नाममा पुगेको जनाएको छ । ६ महिनाको अध्ययनमपछि प्रतिवेदन तयार गरेको आयोगलाई थप काम गर्न ६ महिना समय थपिएको छ ।
प्रकाशित मिति: २९ मंसिर २०७६, आइतबार