बम ठानेर डिस्पोज गर्न खोज्दा चरेस भेटियो!


 


बर्दिया । बर्दियामा बेवारिसे झोलामा चरेस भेटिएको छ। ठाकुरबाबा नगरपालिका–२ सिंहवाहिनीका एक स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखेपछि त्रसित भएका थिए। राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने बस्तु देखेपछि त्यहाँ वरपरका अधिकांश स्थानीय त्रसित भए । केहीबेरमै त्यो ठाउँमा भीड लाग्यो ।\

स्थानीले शंकास्पद बस्तु ‘बम हो किरु’ भन्ने आशंकामा प्रहरीलाई खबर गरे ।खबर पाएलगत्तै बम डिस्पोजका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगे । लगत्तै शान्ति सुरक्षा मध्यनजर गर्दै प्रहरीले पूर्व–पश्चिम राजमार्ग भुरिगाउँदेखि रानीपुरसम्म बन्द गर्यो । शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा बमको साटो त्यहाँ चरेस फेला पर्यो ।

प्रकाशित मिति: २९ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्