‘विस्फोटमा संलग्नलाई कारबाही हुन्छ’


 


काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्नलाई कारबाही हुने बताएका छन् धनुषामा शुक्रबार राति भएको बम विस्फोटमा संलग्नलाई कारबाही गर्ने उनले बताए । उनले प्रहरी निरीक्षक र एकै परिवारका बाबुछोराको ज्यानै लिने गरी गराइएको विस्फोटलाई ‘आततायी घटना’ को संज्ञा दिएका छन् ।

गृहमन्त्री थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ। यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु।’

प्रकाशित मिति: २९ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्