यस्तो छ, बाराक ओबामाले खरिद गरेको नयाँ घर


 


एजेन्सी, मंसिर २८
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले मार्थास् भाइनयार्ड टापुमा नयाँ घर खरिद गरेका छन् । मासाचुसेट्स राज्यस्थिट टापुमा ओबामाले १ करोड २० लाख अमेरिकी डलरमा घर किनेको भाइनयार्ड गजेटले उल्लेख गरेको छ ।

यसको नेपाली मूल्य एक अर्ब ३५ करोड ८५ लाख १८ हजार ८ सय रुपैयाँ हुन आउँछ । मार्थास् भाइनयार्ड टापु विदाको समय बिताउने चर्चित गन्तव्यको रुपमा लिइन्छ। यसअघि गर्मी समयमा ओबामा परिवारले कैयौंपटक यस टापुमा आएर विदा मनाएका थिए ।

नयाँ घर खरिद गरेसँगै ओबामा परिवार अमेरिकाको राजधानी वासिङ्टन डीसीबाट मासाचुसेट्स बसाई सरको छ। ओबामाको नयाँ घर ७ हजार स्क्वायर फिटमा फैलिएको छ जहाँ ७ वटा बेडरुम छन्। विक्लिफ ग्राउसबेकमार्फत् ओबामाले उक्त घर खरिद गरेको जनाइएको छ।

प्रकाशित मिति: २८ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्