डाक्टरले वकिलमाथि आक्रमण गरेपछि अस्पतालमा तोडफोड, तीन बिरामीको मृत्यु


 



एजेन्सी
पाकिस्तानमा एक जना डाक्टरले वकिललाई आक्रमण गरेको बदलामा उनीहरुले वकिलहरुले अस्पतालमा तोडफोड गरेका छन्।

वकिलहरुको एक समूहले पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा तोडफोड गरेका हुन्। उनीहरुले लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएर केही बिरामीको मृत्यु भएको छ ।

ठूलो संख्यामा आएका वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी साधनमा आगजनी गरेका थिए । यो घटनामा संलग्न भएको भन्दै प्रहरीले ४० जना वकिललाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्