अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न, धमाधम तानिदै अख्तियारकै पूर्वकर्मचारी


 



काठमाडौं, मंसिर २६
अख्तियारसँग जोडिएकाहरु नै धमाधम भ्रस्टाचार मुद्दामा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकदेखि कर्मचारीलगायत भ्रस्टाचार मुद्दामा तानिएपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न उठेको हो ।

अहिले पूर्वआयुक्त पाठकमाथि विशेष अदालतमा मुद्दा दर्ता भइसकेको छ । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो ।

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् । अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ ।

केही त अख्तियारद्वारा नै रंगेहात पक्राउसमेत परेका छन् । अख्तियारमा लामो समय बसेर अन्यत्र सरुवा भएका कर्मचारी नै घुस काण्डमा मुछिन थालेपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ । राजधानीमा खबर छ ।

 

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्