सीमा विवाद : चर्चामै सीमित बन्यो भारतमा विशेष दूत पठाउने निर्णय
काठमाडौं, मंसिर २६
सीमा विवादबारे वार्ताका लागि नेता माधव नेपाललाई प्रधानमन्त्रीको विशेष दूत बनाएर पठाउने योजना चर्चामै सीमित बन्न पुगेको छ ।
सरकारले यस विषयलाई गम्भीर रुपमा नलिएका कारण यो विषय चर्चामै सीमित बनेको नेकपाका एक सचिवालय सदस्यले बताएका छन् । अन्नपूर्णमा खबर छ ।
नेपाललाई साँच्चै दूत बनाएर पठाउन खोजेका भए प्रधानमन्त्रीले तीन तरिकाबाट पहल लिन सक्थे, पहिलो, नेपालस्थित भारतीय राजदूतलाई बोलाएर विशेष दूत पठाउँदै छु, तयारी गर्नुस्।
दोस्रो, विशेष दूत पठाउन लागेको जानकारी परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर गर्न सक्थे। तेस्रो, आफैले सीधा–सीधा टेलिफोन संवाद गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष दूत पठाउन लागेको जानकारी गराउन सक्थे।
तर यी प्रयास खास नभएको कारण माधव नेपालको ‘विशेष दूत’ को चर्चा ‘प्रोजेक्सन’ मात्र भएको उनको बुझाई छ । भारतले कात्तिक १६ मा जारी गरेको राजनीतिक नक्सापछि कालापानी क्षेत्रको सीमा विवाद फेरि एकपल्ट बल्झेको हो।
प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार