प्रदेश १ मा भोलि सार्वजनिक बिदा
विराटनगर, मंसिर २५
भोलि अर्थात बिहिबार किरात समुदायको महान पर्व उधौलीको अवसरमा प्रदेश १ सरकारले सार्वजनिक बिदा दिएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा एवं योमरीपुन्हि पर्व रहेको छ ।
सार्वजनिक बिदा सम्बन्धी प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी यो पर्वमा बिदा दिने उल्लेख गरेको छ । किरात समुुदायले पूर्वि नेपालमा उधौली पर्व धुमधामका साथ मनाउने गरेका छन् ।
प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार