आत्मबल जगाउन विश्व दर्शन किडल्याण्डमा
भूकम्प–प्रभावित विद्यार्थीहरुमा आत्मबल जगाउने र निडरता बढाउने उद्देश्यका साथ विश्व दर्शन अभियान नेपालले कुसुन्ती, ललितपुरस्थित किडल्याण्ड मण्टेश्वरी स्कूलमा योग, ध्यान लगायतका कार्यक्रम सुरु गरेको छ ।
विद्यार्थीहरुको चाहना बमोजिम कार्यक्रम आयोजना गरिएपछि उनीहरु उत्साहित देखिएका छन् । स्कूलकी प्रिन्सिपल शान्ति खड्का भट्टराईले आफू यस अभियानले सम्प्रेषण गर्ने साहसिक, प्रेरणादायी एवं ज्ञानबर्द्धक सन्दर्भहरुबाट प्रेरित भएको बताउँदै केही दिन यो कार्यक्रम सञ्चालन गर्न अभियानलाई आग्रह गरिन् । योग तथा रेकी प्रशिक्षिका एवं अभियानकी कोषाध्यक्ष कविता ढुंगानाले यो विद्यालयमा केही दिन कार्यक्रम गरिन बताइन ।
प्रकाशित मिति: १७ जेष्ठ २०७२, आइतबार