प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पछाडि धकेलियो, के भन्छन् चिकित्सक ?
काठमाडौं, मंसिर १८
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण पछाडि धकेलिएको छ । दुईदेखि चार महिनापछि मात्रै मिर्गौला प्रत्यारोपण गरिने बताइएको छ । कान्तिपुरमा खबर छ ।
अघिल्लो मंगलबार आकस्मिक रुपमा ऐन्डिसाइटिस शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको चिकित्सकले बताएका छन् ।
‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ हुनुपर्छ ।अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।
एपेन्डिसाटिससहित प्रधानमन्त्रीलाई पेटको समेत समस्या देखिएपछि मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओली अझै अस्पतालमै छन् ।
प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार