प्रधानमन्त्रीलाई विदेश लैजाने तयारी


 



काठमाडौं, मंसिर १५
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला फेर्न विदेश लैजाने तयारी भएको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपनि अर्को मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलीलाई विदेश लैजाने तयारी भएको हो ।

स्रोतकाअनुसार मिर्गौला प्रत्यारोपणका लागि नजिकका आफन्तहरुको मिर्गौला परीक्षण भइरहेको छ । उनको स्वस्थ्यस्थितिबारे जानकारी दिनेक्रममा शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहले घाउ निको भए लगत्तै प्रत्यारोपण गर्ने तयारी भइरहेको बताएकी थिइन् ।

प्रधानमन्त्री ओलीका लागि दुई आफन्तले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि चिकित्सकहरु छलफलमा जुटेका छन् । पत्यारोपणका लागि उनलाई विदेश लैजाने कुन देश लिने भन्ने तय नभइसकेको बताइएको छ ।

प्रधानमन्त्री ओली निवास फर्किन करिब एक साता लाग्ने र त्यसपछि केही दिनको आरामपछि मिर्गौला प्रत्यारोपण गरिने जनाइएको छ । नागरिकमा खबर छ ।

प्रकाशित मिति: १५ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्