मेयर शास्यसहित गृहमन्त्री थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर


 



काठमाडौं, मंसिर १४
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित गृहमन्त्री रामबहादुर थापालाई अदालतको मानहानीको मुद्दा दायर भएको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै गृहमन्त्री थापा र मेयर शास्यमाथि मुद्दा दायर गरिएको हो । नयाँ पत्रिकामा खबर छ ।

२०७२ भदौ १६ ममा सर्वोच्चका तत्कालिन प्रधानन्यायाधी कल्याण श्रेष्ठ रर न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासबाट अनधिकृत रुपमा राखिएका बोर्ड, विज्ञापन बोर्डलगायत हटाउन फैसला भएकोा थियो । तर, सर्वोच्चको फैसला कार्यान्वयन नभएपनि मेयर शाक्यविरुद्ध अवहेलनाको मुुद्दा दायर भएकोा हो ।

सर्वोच्च अदालत फैसला कार्यान्वयनन निर्देशनालयबाट ११ पटक फैसला कार्यान्वयन गर्न ताकेता भएपनि कार्यान्वयन नभएपछिअधिवक्ता पदमबहादुर श्रेष्ठले गहमन्त्री थापासहित, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सहरी विकास मन्त्री मोहम्मदइस्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्ती हृदयश त्रिपाठी, महानगरपालिकाका प्रमुख शाक्य, महानगरकै प्रशासकीय अधिकृत केदार न्यौपाने, महानगरको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठलगायतलाई विपक्षी बनाई मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति: १४ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्