६ वर्षमा साढे पाँच क्वीन्टल बढी सुन बरामद, कति होला यसको मूल्य ?


 



काठमाडौं, मंसिर १४
६ वर्षको अवधिमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसंग जोडिएका नाकाहरुबाट साढे पाँच क्वीन्टल भन्दा बढी सुन बरामद गरिएको छ ।

यी ठाउँहरुबाट पाँच सय ६७ केजी सुन बरामद भएको छ । प्रहरीकाअनुसार ०७१ सालमा एक सय ११ केली, ०७२ मा ६८ केजी, ०७३ मा ९१ केजी, ०७४ मा एक सय ७९ केजी, र चालु आवको आठ महिनामा २९ केजी सुन तस्करबाट बरामद गरिएको हो ।

जुन अहिलेको दररेटअनुसार तीन अर्ब ५० करोड रुपैयाँ बराबरको हो । तस्करीमा संलग्न चार य ५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेका केही बाहेक अधिकांश भरियाहरु नै छन् ।

चीन, भारत, नेपाल, दुबई, हङकङ, सिंगापुर, थाइल्याण्डलगायतका मुलुकमा बसेर सुन अबैध रुपमा ओहोरदोहोर गराउन अपराधी सक्रिय रहेपनि त्यसलाई सरकारले निस्तेज पार्न सकेको छैन । कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: १४ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्