प्रधानमन्त्री केहिलेदेखि फर्किन्छन् काममा ?


 



काठमाडौं, मंसिर १४
एपेन्डिक्सको शल्यक्रिया गरेको प्रधानमन्त्री केपी शर्मा ओली अझै आईसीयूमै छन् । मनमोहन कार्डियोथारासिक भास्कुर तथा ट्रन्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानन्त्री ओलीलाई सम्भावित संक्रमणबाट जोगाउन अझै आईसीयूमै राखिएको हो । कान्तिपुरमा खबर छ ।

चिकित्सकले जनाएअनुसार प्रधानमन्त्रीलाई काममा फर्किन अझै १० दिन लाग्ने आँकल गरिएको छ । प्रधानमन्त्रीको मिर्गौलामा समस्या रहेकै बेला एपेन्डिसाइडको समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो ।

साथै प्रधानमन्त्रीको मर्गौला प्रत्यारोपण गर्ने पनि तयारी छ । प्रधानमन्त्रीलाई मिर्गौला दिन दुई जना नातेदार तयार रहेका छन् । मिर्गौला दान गर्न तयार भएकाहरुको स्वास्थ्य परीक्षणसमेत भइरहेको बताइएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्