सैनिकको अपराध अनुसन्धानको अधिकार कटौती, सर्वोच्चको एक फैसालाले नजिर स्थापित


 


काठमाडौं, मंसिर १३
अबदेखि नेपाली सेनाको अपराध पनि नेपाल प्रहरीले अनुसन्धान गर्ने भएको छ । सैनिकबाट हुने अपराध अनुसन्धान गर्ने अधिकार अब प्रहरीले पाएको छ । सैनिक इलाकाभित्र हुने अपराध मात्रै सैनिक अदालतले हेर्नेछ । नयाँ पत्रिकामा खबर छ ।

यसअघि सैनिक संलग्न हत्या र बलात्कार मुद्दा मात्रै अनुसन्धान गर्ने अधिकार प्रहरीलाई थियो । अन्य अपराध सैनिक अदालतले नै फैसला गर्दै आएको थियो । सर्वोच्च अदालतको एक फैसलाका आधारमा सैनिक अदालतको अधिकार कटौती भएको हो ।

२०७४ मा गैंँडाको खागसहित पक्राउ परेको सैनिक कृष्णबहादुर मगरले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले गरेको फैसलाले यो नजिर स्थापित गरेको हो । १७ माग २०७४ मा दुई सैनिकसहित तीन जनालाई प्रहरीको अनुसन्धान व्युरो (सीआईबी)ले खागसहित लैनचौरबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमध्ये मगर र हरिबहादुर ढकाल सैनिक जवान दिए । उनीहरुलाई प्रहरीले सैनिक प्रहरीको जिम्मा लगाएको थियो । पछि उनीहरुविरुद्ध जिल्ला वन कार्यालयले मुद्दा चलाएकोमा पुर्पपक्षका लागि जेल चलान भएका थिए ।

गत तिहारमा जुवखालमा पक्राउ परेका मेजर राजेन्द्र शाहीलाई पनि सोही फैसलाका आधारमा सेनाले प्रहरीलाई नै बुझाएको थियो । प्रहरीले नै मुद्दा चलाएको थियो । संगठनसंग प्रत्येक्ष सम्बन्धितबाहेक अन्य अपराधमा संलग्न सैनिकलाई नेपाली सेनाले प्रहरीमा बुझाउन थालेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्