आठ किलो सुनसहित चिनियाँ नागरिक मध्यरातमा पक्राउ


 



काठमाडौं, मंसिर १३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुई जना चिनियाँ नागरिक मध्यरातमा पक्राउ परेका छन् ।

हङकङबाट आएका उनीहरुलाई प्रहरीले विहीबार राति ११ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन छिन्जुवङ हुन् भने अर्का एक जनाको नाम खुलेको छैन ।

नेपाल एयरलाइन्सको विमानमार्फत नेपाल आएका उनीहरुलाई महानगरीय वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्