तीन दिनदेखि आईसीयूमै रहेका प्रधानमन्त्रीलाई ‘प्लेटलेट्स’ चढाइयो, के हो प्लेटलेट्स ?
काठमाडौं, मंसिर १३
एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमै रहेका प्रधानमन्त्रीलाई प्लेटटेट्स चढाइएको छ । यसबारे अस्पतालले कुनै जानकारी नदिएपनि उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइएको जानकारी दिए ।
चिकित्सककाअनुसार शल्यक्रिया र डायलाइसिसका कारण प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाउनुपरेको हो । कान्पिुरमा खबर छ ।
प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो । जसले घाउ वा चोटपटक लाग्दा रगत बग्नबाट रोक्छ । साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ ।
एपेन्डिाइसिटसंगै पेटको संक्रमणसमेत देखिएपछि गत मंगलबार ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो । थप संक्रमणको सम्भावना पनि कायमै रहेकाले चिकित्सकले उच्च सतर्कता अपनाएका छन् ।
प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार