सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो आज ?


 



काठमाडौं, मंसिर १२
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ५० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्