सरकार र मेडिकल कलेजबीचको सहमति विद्यार्थीद्वारा अस्वीकार, निम्तियो थप समस्या
काठमाडौं, मंसिर १२
बढी उठाइएको शुल्क फिर्ता गर्ने विषयमा सरकार र मेडिकल कलेजबीच भएको दुई बुँदे सहमतिप्रति विद्यार्थी असन्तुष्ट बनेका छन् ।
विद्यार्थीले आन्दोलनरत विद्यार्थीका प्रतिनिधि सहभागी नगराई सरकारले मेडिकल कजेजका सञ्चालकहरुसंग सहमति गरेको भन्दै अस्वीकार गरेका हुन् । नयाँ पत्रिकामा खबर छ ।
सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको निर्णयले चिकित्सा शिक्षामा थप समस्या जन्माएको छ । विद्यार्थीका प्रतिनिधि नराखी निजी कलेजका सञ्चालकसंग बसेर उनीहरुलाई फाइदा पुग्ने गरी शिक्षा मन्त्रालयले गरेको निर्णयबाट हामीमाथि अन्याय भएको छ ।
तेस्रो र चौथो ब्याचका विद्यार्थीसंग उठाएको शुल्क फिर्ता गर्ने विषय निर्णयमा समावेश नै भएको छैन,’ चिकित्सा शिक्ष्ाँ संघर्ष समितिका संयोजक मिलन गैरेले भने, ‘सरकारले शुल्क निर्धारणगरेको वर्षदेखिका विद्यार्थीबाट असुलेको रकम कलेजले फिर्ता गर्नुपर्छ । हाम्रो न्यायको लडाई जारी रहन्छ ।’
प्रकाशित मिति: १२ मंसिर २०७६, बिहिबार