भारतकै राजपत्रमा भेटियो लिम्पियाधुरा नेपालकै
काठमाडौं, मंसिर १२
भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै रहेको उल्लेख छ । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको हो । अन्नपूर्णमा खबर छ ।
सन १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ । स्थानीय सौका भाषमा काली नदीलाई कुटियाङदी भनिन्छ । सन १९६२ को भारत चीन युद्दपछि भारतले कालापानी देउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ ।
सुगौली सन्धीमा भने नेपालको पश्चिमी सीमा काली नदी उल्लेख भएको हुँद नक्क्ली कुलोलाई नै काली नदी मानेर भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । राजपत्रमा भनिएको छ, ‘काली नदीको उद्गमस्थल लिम्पियाधुरा क्षेत्रको कुटियाङ्दी नदी हो ।’
भारतले १८५६ पछि का नक्सामा काली नदीलाई सारेर लिपुखोला काली नदी भनेको छ भने वास्तविक काली नदलिाई कुटियाङ्दी भनेको छ । सीमा अभियान्ता श्याम श्रेष्ठले सिंहदरबारमा बुधबार भएको छलफलमा राजपत्रमा काली नदीको शीर लिम्पियाधुरा स्पष्ट उल्लेख रहेको बताए ।
उनले तथ्य, प्रमाण, नक्सा र ऐतिहासिक पृष्ठभूीमले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको स्पष्ट पारे । सबै प्रमाण संकलन गरेर भारतसंग वार्तामा बस्न उनले सरकारलाई सुझाव दिए ।
उनले महाकाली सन्धीताका पदमरत्न तुलाधरको संयोजकत्वमा सीमा अतिक्रमण प्रतिकार समिति गठन गरेर आफूहरुले एक वर्ष तीन महिना लगाएर तथ्य संकल गरेको जानकारी गराए ।
प्रकाशित मिति: १२ मंसिर २०७६, बिहिबार