सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा झर्यो ?


 


काठमाडौं, मंसिर १०
नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ५० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्