अख्तियारकै पूर्वप्रमुखले भ्रष्टाचार गरेको खुलासा, यसरी भयो पुष्टि
काठमाडौं, मंसिर १०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएको छ । उनले अनियमितता गरेको पुष्टि भएछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । कान्तिपुरमा खबर छ ।
भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका प्रमुख आफै गैरकानूनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवतः यो पहिलो घटना हो ।
विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरि बस्न्यात, उनका नातेदार तथा व्यवसायधिक साझेदारहरुमाथि छानविन गरिरहेको छ ।
‘सम्पत्ति स्तानान्तरणको सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्रचार भइसकेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
उनकाअनुसार बस्न्यात प्रमुख आयुक्त हुँदा उनले विभिन्न शीर्षकमा भ्रष्टाचार गरि छोरी कमल र व्यवसाययिक साझेदार भीम राकामार्फत रकम व्यवस्थापन गरेको अनुसन्धनले पुष्टि गरिसकेको छ ।
प्रकाशित मिति: १० मंसिर २०७६, मंगलबार