सुनचाँदीको मूल्य कति छ आज ?


 



काठमाडौं, मंसिर ९
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि प्रतितोला आठ सय ५५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्