‘आन्दोलन दबाउन प्रहरीले नै कलेजमा पेस्तोल राख्यो’
काठमाडौं, मंसिर ८
चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनका क्रममा शनिबार कलेज परिसरमा पेस्तोल भेटिएको छ । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी अहिले आन्दोलनमा छन् ।
विद्यार्थीले आइतबार प्रदर्शन गर्ने तयारी गर्दा प्रहरीले कजेज भित्रै गोलीसहित पेस्तोल फेला पारेको हो । नयाँ पत्रिकामा खबर छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले निलो झोलामा पेस्तोसहितका सामग्री कलेजको होस्टेल अगाडि चौरमा फेला परेको बताए ।
उनकाअनुसार मेड इन चाइना लेखिएको पेस्तोल एक थान, वाइको म्याजेजिन एक थान, वाइको गोली दुई थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान, थ्री नट थ्री को फायर भएको खोका एक थान, र एसएलआर राइफलमा लाग्ने फायर खोका ६ थानसहित रेसमी विद्युतीय तार बरामद गरिएको छ ।
प्रहरीले कलेजका चार जना गार्डलाई नियन्त्रणमा पनि लिएको छ । तर, प्रहरीले भने आन्दोलन दवाउन प्रहरीले नै मेडिकल कलेज भित्र पेस्तोल राखेको आरोप लगाएको छ ।
कलेजले प्रहरीसंग मिलेर पेस्तोल राखेको आशंका गरेको हो । सरकारले तोकेभन्दा बढी शुल्क उठाउने कलेजविरुछ विद्यार्थीको आन्दोलन चर्किरहेको छ ।
असोज ४ मा प्रमुख जिल्ला अधिकारीको रोहबरमा बसेको सर्वपक्षीय बैठकमा कलेजले कात्तिक १८ रकम फिर्ता वा समायोजना गर्ने सहमति गरेको थियो । तर, कार्यान्वयन गर्न सकेन ।
प्रकाशित मिति: ८ मंसिर २०७६, आइतबार