सीमा विवाद : नेपालले गर्यो वार्ताको प्रस्ताव


 


काठमाडौं, मंसिर ८
सीमा विवाद समाधानका लागि नेपालले पुस पहिलो साता वार्ता गर्ने प्रस्ताव भारतलाई पठाएको छ । भारतले नेपालको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको दुई सातापछि सरकारले पुस पहिलो साता वार्ता गर्ने प्रस्ताव पठाएको हो । नयाँ पत्रिकामा खबर छ ।

नेपालले यसै साता भारतलाई पत्र पठाएको हो । पत्रमा भारतबाट कालापानी क्षेत्र समेटेर एकतर्फी सार्वजनिक गरिएको नक्साप्रति असहमति जनाइएको छ । तर, भारतले त्यसको कुनै प्रतिउत्तर जनाउको छैन ।

परराष्ट्रका एक अधिकारीकाअनुसार पस पहिलो साताको मिति र वार्तास्थल काठमाडौंसमेत प्स्ताव गरिएको छ । परराष्ट्रमन्त्रीले यसअघि भारतसंग वार्ताको प्रयास भइरहेको बताएका थिए । परराष्ट्र सचिव शंकरदास बैरागीले पनि वार्ताका लागि भारतसंग समन्वय भइरहेको बताए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले वार्तामा बस्न भारत तयार रहेको प्रतिक्रिया दिइसहेका छन् । दुई देशबीच सुस्ता र कालापनी सम्बन्धमा विवाद समाधान गर्न परराष्ट्रस्तरीय संयन्त्र तोकिएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्